सेयर सदस्यको स्वामित्वमा रहेको र प्रजातान्त्रिक रूपमा नियन्त्रित संस्थाको रूपमा, नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड हाम्रा सबै सदस्यहरूको योगदान र सहभागिताको कदर गर्दछ। हामी हाम्रा सदस्यहरूलाई उनीहरूको आवश्यकता पूरा गर्ने उच्च-गुणस्तरको वित्तीय उत्पादनहरू र सेवाहरू प्रदान गर्न समर्पित छौं, साथै हाम्रो समुदाय भित्र पारस्परिक सहयोगका सिद्धान्तहरू प्रवर्द्धन गर्न पनि काम गर्दछौं। हामी विश्वास गर्छौं कि सँगै काम गरेर, हामी हाम्रा सबै सदस्यहरूको दिगो भविष्य सिर्जना गर्न सक्छौं। हामी तपाईंलाई यस वेबसाइटमा उपलब्ध विभिन्न स्रोतहरू र अवसरहरू अन्वेषण गर्न प्रोत्साहन दिन्छौं। नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडलाई आफ्नो वित्तीय साझेदारको रूपमा रोज्नु भएकोमा धन्यवाद।
नागरिक बचत तथा ऋण सहकारी संस्था लि. विभिन्न आरोह अवरोहहरु पार गर्दै सदस्यहरुको संस्था प्रतिको स्नेह, विश्वास, भरोसा, माया र सहयोगका कारणले हेटौडाकै एक अब्बल संस्थाको रुपमा पहिचान कायम क्रममा छ। यस अवधिमा संस्थाका सदस्यहरुले सुनिश्चित भएर बचत तथा ऋण कारोबार गर्नसक्ने सवल र सुरक्षित सहकारी संस्थाको भरपर्दो विकल्प बन्न सफल भएको छ । शेयर सदस्यहरूको पहिलो रोजाईको संस्था बनाउने प्रयास स्वरुप सदस्यहरुको सन्तुष्टि र गुणस्तरीय सेवा प्रदानलाई प्राथमिकतामा राख्दै सोही अनुरुप ब्यवस्थापन प्रणालीलाई विकास गर्दै लगिएको छ। अझै प्रभावकारी ब्यवस्थापनको लागि सम्पूर्ण सेयर सदस्य तथा शुभचिन्तकहरुको रचनात्मक सल्लाह सुझाव प्रदान गरी मार्गनिर्देशन गरी दिनुहुन अनुरोध छ। हामी सम्पूर्ण कर्मचारीहरु सदैव संस्थामा आवद्ध सेयर सदस्यहरुको आवश्यकता र सन्तुष्टिमा केन्द्रीत भई गुणस्तरीय सेवा सुविधा सहज रुपमा उपलब्ध गराउन प्रतिवद्ध छौं ।
सहकारी ऐन २०४८ बमोजिम स्थापित यस नागरिक बचत तथा ऋण सहकारी संस्था लिमिटेड नेपाल सरकारबाट वित्तीय कारोबार गर्न इजाजत प्राप्त संस्था हो। यसको मुख्य कार्यालय हेटौडा- ४ मकवानपुरमा अवस्थित छ। वित्तीय क्षेत्रमा लामो अनुभव भएका व्यक्तिहरू द्वारा प्रवर्धित यस सहकारी संस्थाले छरिएर रहेको पुँजी प्रविधि सीप तथा प्रतिभालाई एकीकृत गरी सदस्यहरूको आर्थिक सामाजिक तथा सांस्कृतिक उन्नतिका लागि बचत परिचालन गर्ने लक्ष्य लिएको छ। यस संस्थाको मुख्य उद्देश्य वर्तमान प्रतिस्पर्धात्मक वित्तीय बजारमा स्वस्थ प्रतिस्पर्धाबाट आकर्षक ब्याज प्रदान गरी संकलन गरिएको बचत रकमलाई व्यवसाय प्रवर्धनका लागि सेयर सदस्यहरूलाई कर्जा लगानीको माध्यमबाट आर्थिक रूपमा सक्षम बनाउने
यस नागरिक बचत तथा ऋण सहकारी संस्थाको मूलभूत उद्देश्य संलग्न शेयर सदस्यहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु हो । समुदायको हितका लागि संगठित भई सहकारीको सिद्धान्त, मूल्य र मान्यताका आधारमा काम गर्ने वातावरण सिर्जना गर्नु, पारस्परिक सहयोगको भावना अभिवृद्धि गर्नु, समाजमा व्याप्त गरिबी, व्यापारिक एकाधिकार जस्ता आर्थिक एवं सामाजिक विसंगतहरूको अन्त्य गर्नु, सहकारिताको माध्यमबाट समाजका निम्न आय भएका समुदायको जीवनस्तर माथि उठाई उनीहरूलाई सामाजिक न्याय दिलाउनु यस सहकारी संस्थाको मुख्य उद्देश्य हो ।